काठमाण्डौं विस्फोटमा ४ जना विप्लव कार्यकर्ताको मृत्यु भएको खुलासा

आइतबार काठमाण्डौमा भएको विस्फोटमा परि मृत्यु हुनेको संख्या ४ पुगेको छ भने अन्य ७ जना घाइते भएका छन्। महानगरीय प्रहरी परिसर काठमाण्डौले दिएको जानकारी अनुसार सुकेधाराको ढलाने पुल नजिकै सैलुनमा भएको विस्फोटमा घाइते भएका थप एक जनाको उपचारका क्रममा निधन भएपछि मृत्यु हुनेको संख्या ४ पुगेको हो।
यसअघि सुकेधारामा भएको विस्फोटमा २ जना र अनामनगरमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको थियो। बम बनाउने क्रममा विस्फोट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र मृतक चारै जना नेत्रविक्रम चन्द (विप्लव) का कार्यकर्ता भएको प्रहरीले जनाएको छ।




