सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलिजा गौतम व्यवसायमा 

२०८१ वैशाख २७, ०५:३८ खबर संवाददाता

नायिका एलिजा गौतम अन्तर्राष्ट्रिय व्यवसायमा आवद्ध भएकी छिन्। नायिका गौतमले कोरियाको प्रतिष्ठित कस्मेटिक्स कम्पनी मिसोकोससँग व्यवसायिक साझेदारी गर्ने भएकी हुन्। उनले मिसोकोसका सामान नेपाल भित्र्याउनको लागि आज (बिहीवार) सम्झौता गरेकी छिन्।

३६ वर्ष पुरानो उक्त कम्पनी मिसकोसले अमेरिका, जापान, कम्बोडिया, चीन र युरोपेली देशहरूलगायत विश्वका धेरै देशमा आफ्नो सामान निर्यात गरिहेको छ। उक्त कम्पनीले अब नेपालमा पनि आफ्नो उत्पादन नेपालमा प्रवेश गराएको बताइएको छ। एलिजा गौतमको नेतृत्वमा रहेको व्यवसायिक फर्म एलिजाज् कस्मेटिक्समार्फत् मिसोकोस नेपाल भित्रिएको हो।

मिसोकोसका उत्पादन नेपाली माटो र हावापानी सुहाउँदो हुने कम्पनीले जनाएको छ। साथै, ती सामग्री सस्तो र उच्च गुणस्तरीय हुने गौतमले जानकारी गराइन्। उनले यो सम्झौतासँगै नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध अझै सुमधुर र प्रगाढ हुने विश्वस व्यक्त गरिन्।
 

कमेन्ट लोड गर्नुस