सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘फोहर’ तह लगाउन सहजकर्ता खटाएर अभिमुखीकरण

२०८१ जेठ ७, ०२:५७ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा फोहरमैलालाई तह लगान उपमहानगरपालिकाले सहजकर्ता खटाएर अभिमुखीकरण गराउन थालेको छ।

धनगढीका अधिकांश विद्यालयहरूले अहिले सरसफाइ कार्यक्रम गर्दै आएका छन्। नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित उपमहानगरले ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान नै सुरु गरेपछि विद्यालयहरू पनि नियमित सरसफाइ कार्यक्रम गर्न थालेका हुन्। विद्यालयमा अभियान सञ्चालन गर्न नगरले सरसफाइ सहजकर्ता खटाएको छ।

May be an image of 7 people, tree and text

सरसफाइ सहजकर्ताले विद्यार्थीलाई सरसफाइप्रति सचेत गराउन विद्यालयहरूमा सरसफाइसम्बन्धी अभिमुखीकरण सञ्चालन गर्दै आएको छ। फोहरमैला बढी उत्पादन हुने सहरी क्षेत्रका नौवटा वडालाई बढी केन्द्रित गरेर सरसफाइ अभियान सञ्चालन भइरहेको उपमहानगरको वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीले बताए।

उपमहानगरको आग्रहमा यी वडाका सामुदायिक र निजी गरी सयवटा विद्यालय तथा क्याम्पसले विद्यार्थीको सहभागितामा नियमित रूपमा सरसफाइ कार्य सुरु गरिरहेको उनले बताए। सरसफाइ अभियानअन्तर्गत हरेक विद्यालयमा शिक्षक र विद्यार्थी सम्मिलित सरसफाइ समिति गठन गरिनुका साथै सरसफाइबारे प्रशिक्षणहरू दिने गरिएको छ। 

May be an image of 2 people

सहरी क्षेत्रबाहेकका वडामा पनि सामाजिक परिचालकमार्फत विद्यालय तथा टोलमा सरसफाइ कार्य भइरहेको उपमहानगरले जनाएको छ। नगरले सरसफाइ अभियान सञ्चालन गरेपछि विद्यालयहरूले स्वफूर्त रूपमा पनि नियमित सरसफाइ कार्यक्रम गर्न थालेका छन्।

सरसफाइप्रति नागरिकमा सचेतना बढाएर नगरलाई सफा र स्वच्छ राख्न ‘हाम्रो धनगढी, सफा धनगढी’ अभियान सुरु गरिएको नगर प्रमुख गोपाल हमालले बताए। फोहरमैला व्यवस्थापन केन्द्र नहुँदा उपमहानगरलाई संकलित फोहरको व्यवस्थापनमा समस्या छ। तर संकलित फोहरमध्ये केही मात्र वर्गीकरण गरेर उपमहानगरले बिक्री गर्न थालेको छ।

May be an image of 6 people, people studying and hospital

कमेन्ट लोड गर्नुस