सुदूर नेपाललाई विश्वसँग जोड्दै

मेक्सिकन वातावरण मन्त्रीद्धारा राजिनामा

२०७६ जेठ १२, ०४:१९

मेक्सिकोकी वातावरण मन्त्री जोसेफा गोन्जालेज ब्लान्को अर्टिज मेनाले राजीनामा दिएकी छन्। सरकारी कामका लागि विमानबाट अन्यत्र जाने क्रममा अरु व्यवसायिक जहाजको उडानमा ढिलाई भएको भन्दै चर्को आलोचना भएपछि उनले राजीनामा दिएकी हुन्। उनले आफ्नो उडानका कारण अरु उडानलाई असर परेको भन्दै दिएको राजिनामा राष्ट्रपति आन्ड्रेस म्यानुएल लोपेस ओब्राडोरले स्वीकृत गरेको अन्तर्रा्ष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन्।

राष्ट्रपति ओब्राडोरको सरकारबाट एक हप्तामा राजीनामा दिने उनी दोस्रो सरकारी अधिकारी हुन्। यसअघि बजेट कटौती गरेको भन्दै मेक्सिकोका सामाजिक सुरक्षा विभागका प्रमुखले राजीनामा दिएका थिए। डिसेम्बरबाट राष्ट्रपति पद सम्हालेका ओब्राडोरले अघिल्ला राष्ट्रपतिले प्रयोग गर्ने गरेका विलासी जहाज प्रयोग नगरी आम नागरिकले झैं व्यवसायिक विमान प्रयोग गरिरहेका छन्। 

नेपालमा भने प्रधानमन्त्रीदेखि राष्ट्रपतिसमेत आफु विदेश जाँदा र आउँदा घन्टौं आकाश जाम गराउने भन्दै सर्वत्र आलोचना भएपनि सुधार्ने तर्फ कुनै कदम चालिएको छैन।
 

कमेन्ट लोड गर्नुस