सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भएको अन्तराष्ट्रिय कराँते प्रतियोगीतामा २८ स्वर्ण सहित नेपाल च्याम्पियन

२०७६ जेठ १२, ०७:३६ खबर संवाददाता

धनगढीमा जेठ ९ गतेदेखि सञ्चालन भएको ९ औ अन्तराष्ट्रिय गोजुरियो कराते प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा नेपालले २८ स्वर्ण पदकका साथ पहिलो स्थान हासिल गरेको छ भने भारत ९ स्वर्ण सहित दोस्रो भएको छ। प्रतियोगितामा ३ स्वर्ण पदक जित्दै भुटान तेस्रो भएको भने १ रजत पदक बाङ्लादेश र २ कास्य पदक पाकिस्तान ले जित्न सफल भएको छ। प्रतियोगितामा नेपाल सहित भारत, भुटान, पाकिस्तान र बाङ्लादेशका ५ सय ८२ जना खेलाडीको सहभागिता रहेको आयोजक रासष्ट्रय गोजुरियो कराते दो संघले जनाएको छ। 
प्रतियोगितामा काता, कुमुते र टिम कुमुते गरि तीन विधामा प्रतिस्पर्धा भएको र तीनै विधामा ४० स्वर्ण, ४० रजत र ८० कास्य गरी १ सय ६० पदकका लागि प्रतिस्पर्धा भएको प्रतियोगीताका संयोजक प्रकाश चन्दले जानकारी दिए। 
 

कमेन्ट लोड गर्नुस