सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रमुख सेनानी बर्खास्त

२०७६ जेठ ११, ०३:०२ खबर संवाददाता

नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी) केशवराज कार्की बर्खास्त भएका छन। उनी भ्रष्टचारको आरोपमा पदबाट बर्खास्तमा परेका हुन्। सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले दिएको जानकारीका अनुसार गण र राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रमको रकम अनियमितता गरेको ठहर भएपछि उनलाई समरी जनरल सैनिक अदालतले तीन महिनाको कैद र बिगोसहितको फैसला गरिएको हो। 

राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम र गणको गरी कूल ४९ लाख २९ हजार ८ सय ८९ रुपैयाँ हिनामिना गरेको अदालतको ठहर छ। सहायक रथी हिमांशु खड्काको अध्यक्षतामा रहेको अदालतले कार्कीविरुद्ध उक्त आदेश दिएको हो। उनी ३५ दिन भित्र पुनारवेदन अदालतमा जान जनाइएको छ। प्रमुख सेनानीकार्की कालिसिद्धी गण उदयपुरका प्रमुख हुन्।

कमेन्ट लोड गर्नुस