सुदूर नेपाललाई विश्वसँग जोड्दै

यस्तो छ मन्त्रीहरूको मार्यादाक्रम

२०८२ असोज ६, ०४:११ खबर संवाददाता

काठमाडौः सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीको संख्या सात पुगेको छ। भदौ २७ गते तीन जना मन्त्री नियुक्त भएका थिए भने सोमवार थप चार जना मन्त्री नियुक्त भएका हुन्।

सोमवार मन्त्रिपरिषद् विस्तार भएसँगै मन्त्री पहिलो वरीयतामा अर्थमन्त्री रामेश्वर खनाल रहेका छन् । प्रधानमन्त्री कार्कीको सिफारिसमा सीमवारर राष्ट्रपतिले ४ मन्त्री नियुक्त गर्नुको साथै मन्त्रालय समेत हेरफेर गरिएको छ।

दोस्रो वरीयतामा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ छन् भने तेस्रोमा गृहमन्त्री ओमप्रकाश अर्याल परेका छन् ।

आज शपथ लिएका उद्योग, कानुन र भूमि मन्त्री अनिल सिन्हा चौथो, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पाँचौँ, कृषि मन्त्री मदन परियारको छैटौँ र सूचना तथा सञ्चार प्रविधि मन्त्री जगदीश खरेल सातौँ वरीयतामा छन् ।
 

कमेन्ट लोड गर्नुस