सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीद्धारा पदबाट राजीनामा

। फोटो स्रोत ।
२०७६ जेठ ११, १२:४६ खबर संवाददाता

नया सरकार बनाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन। पुनः प्रधानमन्त्री बन्न उनले शुक्रबार राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेको भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ।

भारतीय लोकसभा निर्वाचनको मतगणना सकिएको छ। कुल ५४२ सिट क्षेत्रमा भएको चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३०३ सिट जितेको छ। यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन्। आउँदो साता उनको शपथ ग्रहणको कार्यक्रम रहेको सञ्चारमाध्यमले जनाएका छन्।

केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ। नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’कामचलाउ सरकार’का रुपमा काम गर्नेछ। शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 
 

कमेन्ट लोड गर्नुस