भारतको एक ट्युसन सेन्टरमा आगलागी हुँदा २० जनाको मृत्यु, २० जना घाइते

भारतको एक ट्युसन सेन्टरमा आगलागि हुँदा २० जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। भारतको गुजरात राज्यस्थित सुरत शहरको एक ट्युसन सेन्टरमा पढाइ भइरहेका माथिल्लो तलामा रहेको भवनमा एक्कासि आगो फैलिएको थियो।
ज्यान गुमाउने अधिकांश किशोर–किशोरी रहेको सरकारी अधिकारीहरुले बताएका छन्। उक्त घटनामा घाइते भएका २० जना विद्यार्थीहरुको गुजरातका विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
भवनको छतमा राखिएका सामग्रीबाट आगो फैलिएको हुनसक्ने अनुमान गरिएकको छ तर के कती कारणले लागेको हो भन्ने नखुलेको अधिकारीहरुले जनाएका छन।




