सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क असुलेको भन्दै विरोध प्रर्दशन

२०७६ जेठ १०, ०४:३२

सामुदायिक विद्यालयले समेत विद्यार्थीबाट शुल्क असुलेको भन्दै कैलालीमा विरोध प्रर्दशन गरिएको छ। मोहन वैद्य माओवादी निकट अखिल क्रान्तिकारीले आज शुल्क असुलेको विरोधमा अत्तरिया बजारमा ¥याली सहित विरोध प्रर्दशन गरेको हो। ईलाका प्रहरी कार्यालय अत्तरियाबाट सुरु भएको विरोध ¥याली बजार परिक्रमा गर्दै बसपार्कमा पुगेर कोण सभामा परिणत भएको थियो। कोण सभालाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य केशव साउँदले दोहोरो शिक्षा नीतिको अन्त्य नभए सम्म आन्दोलन जारी राख्ने बताए। त्रिभुवन विश्वविद्यालयमा नात–जोता, आफन्तहरुको भर्ना गर्ने प्रबृर्तिलाई पनि अन्त्य गर्न समेत विद्यार्थीहरुले माग गरेका छन्। 

कमेन्ट लोड गर्नुस