सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे तीन करोड बढी भारतीय नक्कली नोटसहित ६ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ जेठ १०, ०२:४४ खबर संवाददाता

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे तीन करोड बढी भारतीय नक्कली नोटसहित ६ जना पक्राउ परेका छन्। शुक्रबार दिउँसो कतारको दोहाबाट रकम लिएर आएका तीन पाकिस्तानी नागरिकसहित ६ जनालाई पक्राउ गरिएको विमानस्थलका सुरक्षा प्रमुख सन्दिप भण्डारीले जानकारी दिए। 

उनका अनुसार तीनजना पाकिस्तानीलाई विकमनस्थल प्रहरी र भन्साले पक्राउ गरेको छ भने, रकम रिसिभ गर्न गएका तीन जना नेपालीलाई प्रहरीको विशेष व्युरोले पक्राउ गरेको हो। अहिलेसम्म दुईवटा सुटकेसमा ल्याएको रकम तीन करोड ६० लाख रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस