सुदूर नेपाललाई विश्वसँग जोड्दै

क्रिकेट रंगशाला निर्माणका लागि चितवन उद्योग वाणिज्य संघले गर्यो एक करोड सहयोग गर्ने घोषणा

। फोटो स्रोत ।
२०७६ जेठ १०, ०२:१२ खबर संवाददाता

उद्योग वाणिज्य संघ चितवनले त्रिकेट रगंशाला निर्माणका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको छ। नरायणगढमा शुक्रबार पत्रकार सम्मेलन गर्दै संघले रामपुरमा निर्माणाधिन अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको हो। 

चितवन महोत्सव २०७५ को आय व्यय विवरण सार्वजनिक गर्ने क्रममा संघका अध्यक्ष सहनलाल प्रधानले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको रंगशालाका लागि संघका तर्फबाट तत्काल ५५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने बताउँदै बाँकी रकम सहयोग गर्दै जाने जानकारी दिए। 

यसअघि संघले काठमाडौंमा भएको रंगशाला घोषणा कार्यक्रममा २१ लाख सहयोग गर्ने बताएकोमा सोही रकमलाई बढाएर १ करोड रुपैयाँ र्पुयाएको अध्यक्ष प्रधानले बताए। भरतपुर महानगरपालिका वडा नः १५ मा अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस