सुदूर नेपाललाई विश्वसँग जोड्दै

राहुल गान्धीद्धारा हार स्वीकार : मोदीलाई दिए बधाई

। फोटो स्रोत ।
२०७६ जेठ १०, ०७:५४ खबर संवाददाता

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले भारतीय लोकसभा चुनावमा हार स्वीकार गरेका छन्। लोकसभा चुनावमा भारतीय जनता पार्टीले वीजयी भएसंगै उनले हार स्वीकार गरेका हुन। प्रधानमन्त्री मोदीलाई बधाई दिंदै उनले भने, अमेठीका जनताले गरेको निर्णयलाई म स्वीकार्छु र अमेठीका जनताले देखेका भरोसालाई स्मृतिले जोगाएर राख्नेछिन्, यसमा मलाई विश्वास छ।’

उनले यो जित मोदी र बीजेपीको जित भएको भन्दैै सबै कांग्रेस विचारधाराका एक भएर आफ्नो गरिमा र प्रतिष्ठालाई जोगाएर राख्ने बताए। राहुल गान्धी अमेठीबाट स्मृति इरानीसँग पछि रहे पनि उनी केरलको वायनाडबाट भने अत्याधिक मतका साथ जितको बाटोमा रहेका छन् ।
 

कमेन्ट लोड गर्नुस