सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिसी प्रिमियर कपः फाइनलका लागि आज नेपाल र युएइ भिड्दै

२०८१ वैशाख ७, ०८:३३ खबर संवाददाता

काठमाडौं: नेपालले एसीसी प्रिमियर कपको फाइनल प्रवेशका लागि आज युनाइटेड अरब इमिरेट्स यूएईसँग खेल्दैछ। ओमानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा नेपाल चिर परिचित प्रतिद्वन्द्वी युएइसँग भिड्न लागेको हो।

ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल आज ११ः४५ बजे शुरु हुने कार्यक्रम छ। प्रतियोगिताको समूह चरणको सबै खेल जितेको नेपाल समूह विजेता बन्दै सेमिफाइनल चरणमा पुगेको हो।

एक खेल हारेको युएइले भने समूह बीको उपविजेताको रुपमा नेपालसंग भेट पक्का गरेको हो। सेमिफाइनल अन्तरगत आजै हुने अर्को खेलमा आयोजक ओमानले हङकङ विरुद्ध खेल्नेछ। फाइनल विजेता एउटा टोली एसिया कपको लागि छानिने छ।

कमेन्ट लोड गर्नुस