सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित

२०८१ वैशाख ५, ०५:२० खबर संवाददाता

धनगढीः सुदूरपश्चिममा नेपाल टेलिकमको सेवा प्रभावित भएको छ। बर्दियाको भुरिगाउँमा फाइबर काटिएकाले नेपाल टेलिकमको सेवा सुदूरपश्चिममा प्रभावित भएको हो।

बुधवार दिउँसोबाट नेपाल टेलिकमका सबै सेवाहरू प्रभावित भएका छन्। नेपाल टेलिकमको, प्रादेशिक निर्देशनालय, अत्तरियाका निर्देशक किशोर कुमार भट्टका अनुसार बर्दियाको भुरिगाउँमा फाइबर काटिएको छ। फाइबर काटिनुको कारण खुलेको छैन। नेपाल टेलिकमको प्राविधिक समूह भुरिगाउँ गएको छ। तर, उनीहरू फाइबर काटिएको ठाउँ पुगेका छैनन। प्राविधिकहरूले फाइबर काटिएको ठाउँ पत्ता लगाएपछि मात्र समस्याको बारेमा खुल्ने भट्टले बताए। सेवा सुचारु हुन लाग्ने समयका विषयमा पनि खुलेको छैन।

 

कमेन्ट लोड गर्नुस