सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सार छलीको सामान बरामद

२०८१ वैशाख ५, ०४:२३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले भन्सार छलीको सामान बरामद गरेको छ।

जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासालबाट भन्सार छलीको अन्दाजी २५ हजार ७२० मुल्य बराबरका लेडिज सुट, खानेतेल, सोन पापडी (मिठाई), पास्ता लगायतका सामान बरामद गरेको प्रहरी बिट सुकासालले जनाएको छ। बरामद गरेको सामान भन्सार कार्यालय गड्डाचौकी पठाएकोे छ।
 

कमेन्ट लोड गर्नुस