सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ४ फरार प्रतिवादी पक्राउ

२०८१ वैशाख ४, ०८:०१ खबर संवाददाता

धनगढीः अदालतबाट दोषी ठहर भएका कैलालीका ४ फरार प्रतिवादी पक्राउ परेका छन्।

चोरी मुद्दामा ४ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका-१ बस्ने २२ वर्षीय दिनेश वि.क, कुटपिट मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ बस्ने ४५ वर्षीय चन्द्रप्रकाश कोइराला, सोही मुद्दामा ५ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-१२ कै ३४ वर्षीय जगत प्रकाश कोईराला र वन मुद्दामा १ हजार ८ सय जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका-६ बस्ने ६० वर्षीय रतन लालसार्की रहेका छन्।

अदालतबाट दोषी ठहर तर फरार रहेका चारै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए। दोषी ठहर चारै जनालाई जिल्ला अदालत कैलालीमा उपस्थित गराइएको छ।

कमेन्ट लोड गर्नुस