सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिमको प्रदेश अध्यक्षमा लेखक सर्वसम्मत

२०८१ भदौ १५, ०६:४२ खबर संवाददाता

कञ्चनपुरः मर्यादित व्यवसाय र व्यावसायिक एकता आजको आवश्यकताू भन्ने मुल नाराका साथ कञ्चनपुरको महेन्द्रनगरमा नेपाल औषधी व्यवसायी संघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भएको छ।

शनिवार भएको अधिवेशनबाट अध्यक्षमा गजेन्द्रदेव लेखक सर्वसम्मत चयन भएका छन्। दोश्रो अधिवेशनले लेखकको अध्यक्षतामा सचीव बाहेक १६ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो। सचीव एक पदमा भने निर्वाचन भएको थियो।

संघको वरिष्ठ उपाध्यक्षमा जनकराज जोशी, थोक उपाध्यक्षमा टेक नारायण पौडेल, खुद्रा उपाध्यक्षमा कैलाशचन्द्र भट्ट, महासचिवमा केशव ओझा, कोषाध्यक्षमा खेमराज भट्ट र सह–कोषाध्यक्षमा वंशीधर कलौनी चयन भएको मुख्य निर्वाचन अधिकृत शिवराज पाण्डेयले बताए। सचीवमा ३७ मतका साथ मधुकर कुश्मी निर्वाचित भएका छन्।

सचीवका प्रत्यासी प्रीतिधर भण्डारीले २१ मत प्राप्त गरेकी छन्। ६० मत खसेकोमा २ मत बदर भएको थियो। यस्तै, सदस्यमा फोनिराम चौधरी, साहिबा राना, घनश्याम कलौनी, अर्जुनसिंह कठायत, शैलेशकुमार श्रेष्ठ, जीतराज भट्ट, पुष्पराज उपाध्याय, शंकरप्रसाद शर्मा र रामबहादुर चौधरी निर्बिरोध निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए।

कमेन्ट लोड गर्नुस