सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा एक विवाहित महिला सम्पर्कविहिन

२०८१ वैशाख २, ०३:३४ खबर संवाददाता

बैतडीः बैतडीमा एक महिला सम्पर्कविहिन भएकी छिन्।

जिल्लाको डिलाशैनी गाउँपालिका–७  धामीगाउँ गैघरकी ३२ वर्षीया धिरा बिष्ट सम्पर्कविहिन भएकी हुन्। चैत्र ३० गते  गोकुलेश्वर बजार पैंसा लिन जान्छु भन्दै घरबाट गएकी धामी दुई दिनदेखि सम्पर्कविहिन भएको आफन्तले बताएका छन्।

बेपत्ता धामीलाई कसैले देखेमा नजिकको प्रहरी चौकी तथा ९८६१६५१४७४ सम्पर्क गरि सहयोग गरिदिन उनका श्रीमान जनक धामीले आग्रह गरेका छन्। उनका एक छोरा र एक छोरी छन्। विष्ट यसअघि पनि तीन पटक यसरी नै हराएकी थिइन्।

कमेन्ट लोड गर्नुस