सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा काँग्रेससहितका तीन दलको एक समझदारी

२०८१ वैशाख २, १२:५३ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेशमा काँग्रेससहितका तीन दलको एक समझदारी बनेको छ। प्रदेश सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम लाल चौधरी पक्षको अलग्गै समझदारी बनेको हो। कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीका लागि अगाडि सारेका हुन्। सोही अनुसार तीन दलको समझदारी बनेको उनले बताए।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता शाहकाबिच समझदारी बनेका छ। काँग्रेसका १८, समाजवादीका चार र चार जना नागरिक उन्मुक्ति पार्टीका प्रदेश सभा सदस्यहरू एक भएका हुन्। सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक २६ मत उनीहरूको पुग्ने भएको छ। नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन्। उनटीहरु अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका हुन्।

सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको छ। नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्।

सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्। अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ।

 

कमेन्ट लोड गर्नुस