सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा फोहर नफाल्न यात्रुलाइ सम्झाउँदै उपमहानगर

२०८१ वैशाख २, ०९:५४ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीले फोहरलाइ तह लगाउन अनेक विधि अपनाउन थालेको छ।

कुहिने र नकुहिने फोहरको वर्गीकरणसँगै सार्वजनिक स्थल तथा सडक किनारमा मनलाग्दी फोहर नफाल्न यात्रुलाइ सम्झाउनेसम्मका काम उपमहानगरले गर्दै आएको छ। सुरुमा सम्झाउने र अटेरी गरे जरिबानासम्मै गरेर भए पनि फोहरलाइ तह लगाउने काम भइरहेको हो।

May be an image of 6 people and text

अहिलेसम्म तीन सयभन्दा बढी फोहरमैला व्यवस्थापन समिति नै गठन गरिसकिएको छ भने जथाभावी फोहर फाल्ने सोही संख्यामा कारबाहीको भागिदार समेत भइसकेका छन्। उपमहानगरको वडा नम्बर १ देखि वडा नम्बर १९ सम्मै टोलटोलमा सरसफाइ समिति गठन गरिएका छन्।

धनगढीको फोहर तह लगाउने काममा विशेष गरि महिलाको सहभागि उल्लेख्य देखिएको छ। साथै विभिन्न संघसंस्था, क्लबदेखि विद्यालयसम्मै यस काममा जुटेका छन्। सडकमा जथाभावी फोहर फाल्ने व्यक्तिलाइ उपमहानगरबाट खटिएको सरसफाइ टोलीले सम्झाउने काम पनि गर्दै आएको छ। विशेष गरि बढी भिडभाड हुने स्थान बसपार्क, सार्वजनिक चोकहरुमा उपमहानगरपालिकाले निगरानी बढाउने गरेको छ।

May be an image of 14 people and text

जथाभावी फोहर फाल्नेबाट उपमहानगरले जरिबाना रकम पनि असुल गर्ने काम गर्दै आएको छ। धनगढीलाइ सफा सहर बनाउन उपमहानगरको एउटा टीम नै लागि परेको छ। साथै फोहर व्यवस्थापनका लागि विभिन्न समयमा हुने चेतनामुलक कार्यक्रमले पनि फोहर व्यवस्थापनमा मद्दत मिलेको उपमहानगरले जनाएको छ।

May be an image of 7 people, temple and text

कमेन्ट लोड गर्नुस