सुदूर नेपाललाई विश्वसँग जोड्दै

पाँचथर हत्याकाण्ड : शवको पोष्टमार्टम सुरु

२०७६ जेठ ८, ०५:५८

पाँचथरमा सोमबार हत्या गरिएका ९ जनाको शव पोष्टमार्टम सुरु भएको छ। जिल्लाको मिक्लाजुङ गाउँपालिका ३, आरुबोटेमा सोमबार राति हत्या गरिएका दुई परिवारका नौ जना र झुण्डिएर आत्महत्या गरेका मानबहादुर माखिमसहित १० जनाको  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोष्टमर्टम सुरु भएको मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमर माखिमले जानकारी दिए। उनीहरुको शव पोष्टमार्टमका लागि आज बिहान धरान र्पुयाइएको छ। उनका अनुसार झुण्डिएर आत्महत्या गरेका माखिम हत्या गरिएका बमबहादुर फियाकका कान्छो ज्वाइँ हुन्। माखिमले नै ससुराली परिवार र साढु दाइको हत्या गरेर आत्माहत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ। 
 

कमेन्ट लोड गर्नुस