कञ्चनपुरकी एक किशोरीको भारतबाट उद्वार
कञ्चनपुरः कञ्चनपुरकी एक किशोरीको भारतबाट उद्धार गरिएको छ।
जिल्लाको बेलडाँडी गाउँपालिका–५ इमलिया घर भएकी १६ वर्षीया किशोरीको भारतबाट उद्धार गरिएको हो। उनलाई भारतको हरियानाबाट उद्वार गरिएको इलाका प्रहरी कार्यालय बेलडाडीका प्रमुख प्रहरी निरीक्षक कृष्ण कुँवरले बताए।
ती किशोरी चैत २ गते घरबाटै हराएकी थिइन। खोजतलास गर्दै जाँदा उनी चैत ३ गते गड्डाचौकी नाका हुँदै भारत पसेको सूचना प्राप्त भएपछि हरियाणा पुगेर प्रहरीसहितको टोलीले किशोरीको उद्धार गरेको हो।