सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

२०८० चैत्र २३, ०९:३३ खबर संवाददाता

बैतडीः बैतडीमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

बैतडीको सुर्नयाबाट खोड्पे आउँदै गरेको से २ त ३६७८ नम्बरको ट्याक्टर शुक्रवार विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका ८ झौलेक मोडमा दुर्घटना भएको हो। दुर्घटनामा परि दुई जनाको मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए।

मृत्यु हुनेमा ट्याक्टर चालक राजेश चौधरी र  पाटन नगरपालिका  १० पनालीका मन्धिर विष्ट रहेका छन्। ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको छ। दुर्घटनाको कारण  खुलेको छैन् । घटनाबारे  थप अनुसन्धान भैरहेको प्रहरी प्रवक्ता केसीले बताए । 

कमेन्ट लोड गर्नुस