सुदूर नेपाललाई विश्वसँग जोड्दै

म म हुँ !

२०८० चैत्र २१, १०:०७

म म हुँ !


म चमेलि हुँ
म जुनकिरी हुँ
म उज्यालो हुँ 
म बादल पारीको छाया हुँ
म उदाउन लागेको घाम हुँ 
म फुल हुँ 
म निलोम हुँ 
म सुन्तला हुँ 
म एक मुर्ति हुँ 
म आर्चना हुँ 
पूजा गर्छु
म जहाँ बाट जो कोही भए पनि ,
घरमा परिवार
टोलमा छिमेकि,
समाज
स्कुलमा विद्यार्थी 
शिक्षक,शिक्षिका 
कार्यालयमा हाकिम
कार्यालय सहयोगी 
वा संसारमा जो कोही भए पनि, 
म म हुँ !

म जहाँ पनि जल्न सक्छु,
म जे पनि झेल्न सक्छु,
म जहाँ पनि बाँच्न सक्छु
वा म जहाँ पनि जुन दिन पनि 
मर्न सक्छु,
म सीता भए भने के
अब रामले मात्र मलाई अपहरण गर्छन,
म द्रौपदी भए भने के
अब मलाई नाश गर्ने पाण्डपहरु हुन,

परिवार मेरो सफलता हेर्न चाहान्छन,
शत्रुहरुले मलाई नाङ्गो हेर्न चाहान्छन,
तिनीहरु मलाई दुःख दिन गोप्य योजना बनाउन सक्छन,
अब कोही रामले रावण सँग लडाई गर्नु पर्दैन, 
अब ति  दुष्टहरुले मलाई बाङ्गो आखाले हर्न सक्ने छैन,

जन्म घरमा 
म एक छोरी हुँ 
दिदी बहिनी हुँ 
भने पराई घरमा 
सासु ससुराका लागी 
म एक बुहारी हुँ 
श्रिमानको लागी 
म सबै थोक हुँ 
नन्द देवर को लागी 
म एक  भाउजू मात्र नभई असल साथी हुँ 

म जहाँ बाट जो कोही भए पनि 
म म हुँ 
के म स्वतन्त्र म भई बाँच्न पाउदैन र ?
के म म हुन पाउँदैन र ?
के म म हुन सक्दैन र ?

हो, म म हुँ 
म म हुँ!!

लेखकः दिपा देउवा

कमेन्ट लोड गर्नुस