कञ्चनपुरमा खैरोहेरोइनसहित २ जना पक्राउ

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषध (खैरोहेरोइन)सहित २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले कञ्चनपुरको भीमदत्त नगरपालिका-१८ बस्ने गौरव बिक्रम थापा र बेदकोट नगरपालिका-७ बस्ने लोकेन्द्र भण्डारीलाई पक्राउ गरेको छ।
उनीहरुको साथबाट ३ ग्राम ५९ मिलि ग्राम खैरोहेरोइन फेला पारी दुबै जनालाई नियन्त्रणमा लिई मंगलवार कञ्चनपुर जिल्ला अदालतबाट ७ दिन म्याद थप भई अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


