सुदूर नेपाललाई विश्वसँग जोड्दै

भन्सार छलीका सामान बरामद

२०८० चैत्र २०, ११:०० खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थानहरु धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह नजिकबाट, धनगढी-९ त्रिवेणीघाट, टीकापुर नगरपालिका-७ स्थित खैरिपुर बजार नजिक सडक खण्डबाट र भजनी नगरपालिका-३ ठेकीपुलबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो।

३४ हजार ६३५ बराबरको प्याज,चिनी,मिठाई, मसला, इलायची, प्लास्टीक कुर्सी,किसमिस लगायतका सामान सोमवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै कञ्चनपुरको बिभिन्न स्थान भीमदत्त नगरपालिका-४ बाट, भीमदत्त-१७ मझगाउ र दोधारा चाँदनीनगरपालिका-८ सुन्दरनगरबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य ६२ हजार ७५० बराबरको चिनी, सिलिङ पंखा,रातो रङ,तरकारी,कागती,खुर्सानी लगायतका सामानहरु सोमवार प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस