सुदूर नेपाललाई विश्वसँग जोड्दै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम विश्वासको मत लिँदै

२०८० चैत्र १९, ०४:४२ खबर संवाददाता

काठमाडौँः बागमती प्रदेशसभाको बैठक सुरु भएको छ। बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने कार्यसूची छ।

सोमवार दिउँसो १ बजे नै बैठक बोलाइएको भएपनि सत्ता गठबन्धनका एक सांसद  नआइदिएपछि स्थगित गरेर अर्को बैठक अपराह्न ४ बजेका लागि तय गरिएको थियो। सो समयमा भने यसअघि बैठकमा नआएकी एकीकृत समाजवादीकी सांसद रमा आले मगर पुगेसँगै बैठक सुरु भएको हो।

प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाको बैठकमा विश्वासको मत लिने कार्यसूची आइतबार नै तय भइसकेको थियो। सोही अनुसार बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई छलफल गरी निर्णायार्थ प्रस्तुत गर्ने कार्यसूची तयार गरेको उनले बताए। प्रदेशसभा बैठकमा मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि दलका सांसदहरूले धारणा राख्ने उनले बताए।
 

कमेन्ट लोड गर्नुस