सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार

२०८० चैत्र १८, ११:३६ खबर संवाददाता

धनगढीः दार्चुलाबाट प्रसूति व्यथा लागेकी महिलाको उद्धार गरिएको छ। रक्तस्राव भएपछि आइतवार बिहान लेकम गाउँपालिका–३ लालीकी ३६ वर्षीया हरिनादेवी जोशीको उद्धार गरिएको हो। दार्चुला प्रहरीका अनुसार जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको हो।

गत राति १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पु¥याइएकी जोशीलाई रक्तस्राव (ब्लडिङ) को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो।

 

कमेन्ट लोड गर्नुस