सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष श्रेष्ठको निर्देशन प्रदेशका मन्त्रीले नमान्ने

२०८० चैत्र १६, ०६:५५ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन सुदूरपश्चिमका मन्त्रीले नमान्ने भएका छन्। नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा सदस्यमा विजयी भएकासहित केन्द्रीय सदस्यहरूले निर्देशनको पालना नगर्ने भएका हुन्।

उनीहरूले पार्टीको केन्द्रीय कमिटीको टीकापुर बैठकमा गरिएको निर्णयमा समर्थन नरहेको बताएका छन्। नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय संस्थापक सदस्य रहेका सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरी, संस्थापक सदस्य लक्ष्मण बहादुर चौधरी र पार्टीको प्रवक्तासमेत रहेका केन्द्रीय सदस्य दामोदर पडितले बैठकको निर्णय नमान्ने बताएका हुन्। उनीहरूले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले काँग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी पछि अर्काे विज्ञप्ति निकालेका छन्।

नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिमका संसदीय दलका नेता घनश्याम चौधरीलाई अध्यक्ष श्रेष्ठले दिएको लिखित निर्देशन प्रदेशका सासदसहितका पार्टीका नेताहरूले नमान्ने बताएका छन्। नागरिक उन्मुक्ति पार्टीको टीकापुरमा बसेकाे बैठकले काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

कमेन्ट लोड गर्नुस