सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य एकै दिन दुई हजार एक सयले बढ्यो

२०८० चैत्र १६, ११:४९ खबर संवाददाता

काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ। लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो।
 
बिहीवार प्रतितोला रु एक लाख २७ हजार नौ सयमा कारोबार भएको छापावाल सुन आजका लागि रु एक लाख ३० हजार निर्धारण गरिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीवार प्रतितोला रु एक लाख २७ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आज रु एक लाख २९ हजार चार सय निर्धारण गरिएको छ।

यस्तै चाँदीको मूल्य समेत वृद्धि भएको छ। बिहीवार प्रतितोला रु एक हजार पाँच सय १० मा कारोबार भएको चाँदीको मूल्य आज रु एक हजार पाँच सय २५ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस