सुदूर नेपाललाई विश्वसँग जोड्दै

मुक्तकमैया हलिया कमलरी पुनर्स्थापना कार्यविधि पारित

२०८० चैत्र १६, ०८:०९ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मुक्त कमैया, हलिया तथा कमलरी पुनर्स्थापना कार्यविधि २०८० पारित गर्ने निर्णय गरेको छ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सो कार्यविधि स्वीकृत गर्नेलगायतका निर्णय गरेको मुख्यमन्त्री कमलबहादुर शाहले जानकारी दिए। प्रदेश सरकारको यो निर्णयसँगै दशकौँदेखि पुनर्स्थापना पर्खाइमा रहेका यहाँका मुक्तकमैया, हलिया र कमलरीको पुनर्स्थापनाको ढोका खुलेको हो ।

मुक्त कमैया, हलिया तथा कमलरीहरुको आव २०७५/२०७६ देखि रोकिएको पुनर्स्थापना तथा भरण षोषणको कार्य अब अगाडि बढ्ने आशा गरिएको छ। कार्यविधि आएपछि सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लास्थित ३३ सय बढी मुक्त कमैया, कमलरी र प्रदेशका विभिन्न जिल्लास्थित हजारौँ मुक्त हलिया पुनर्स्थापना हुने बाटो खुलेको हो।

कमेन्ट लोड गर्नुस