सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको छेडेदहमा डुंगा पल्टिँदा बेपत्ता भएका रावत मृत फेला

साङ्केतिक फोटो
साङ्केतिक फोटो
२०८० चैत्र ११, ०९:४४ खबर संवाददाता

बाजुराः बाजुराको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेदहतालमा डुंगा पल्टिँदा बेपत्ता भएका खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत मृत फेला परेका छन्।

तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएका थिए। डुंगामा सवार अन्य ६ जनाले भने पौडी खेलेर ज्यान जोगाएका थिए। मृत फेला परेका रावतको शव पोष्टमाडमका लागि पठाएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव निरीक्षक सुरेश भण्डारीले बताए।

कमेन्ट लोड गर्नुस