सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराको छेडेदहमा डुंगा पल्टिँदा एक जना बेपत्ता

२०८० चैत्र ११, ०९:०४ खबर संवाददाता

बाजुराः बाजुराको खप्तड छेडेदहगाउँपालिका–४ र ७ मा पर्ने छेडेदहतालमा डुंगा पल्टिँदा एक जना बेपत्ता भएका छन्।

खप्तड छेडेदह–७ लम्गाउँका अन्दाजी ३२ वर्षीय वीरेन्द्र रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

तालमा अचानक डुंगा पल्टिँदा रावत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराकाप्रहरी नायव निरीक्षक सुरेश भण्डारीले बताए। डुंगामा सवार अन्य ६ जनाले पौडी खेलेर ज्यान बचाउन सफल भएको उनले बताए। बेपत्ता रावतको खोजी भइरहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस