सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट तीन लाख मुल्य बरारको अवैध सामान बरामद

२०८० चैत्र ११, ०६:१५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट प्रहरीले आज (आइतवार) मात्र एकै दिन तीन लाख मुल्य बराबरको अवैध सामान बरामद गरेको छ।

भीमदत्त नगरपालीका–६ ऐठपुरबाट अन्दाजी १ लाख २८ हजार ७८५ मुल्य बराबरका चिनी, मिश्री, मटर, नरिवल, पेन्ट, सलाई, थान कपडा, दाल लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

यस्तै इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालीकाकै–१० र ११ बाट अन्दाजी १ लाख ६४ हजार ५२० मुल्य बराबरका चप्पल, तेल, चुरा, रङ, रेजर, मोबिल र सुट लगायतका सामान बरामद गरेको छ।

दुबै ठाउँको गरि करिब तीन लाख मुल्य बराबरको बरामद गरेको सामान भन्सार कार्यालय पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।
 

कमेन्ट लोड गर्नुस