सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चित रियालिटी सो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना

२०८० चैत्र ९, ०९:३६ खबर संवाददाता

काठमाडौंः टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’को टीम चढेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। घाइते हुनेमा निर्देशक विशाल भण्डारी लगायत रहेको प्रहरीले जनाएको छ।

विहीवार बिहान ३÷४ बजेतिर उनीहरु सवार बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो। उनीहरु नगरकोटबाट फर्कंदै गर्दा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वसन्त पाठकले बताए।

दुर्घटनाका घाइतेलाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो। जसमध्ये निर्देशक भण्डारी र पूजन अधिकारी डिस्चार्ज भएका छन् भने चारजनाको उपचार भैरहेको छ। सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई अस्पतालमा उपचार गराइरहेका छन्। उपचाररत एकजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस