सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानन्यायाधीश शर्माले गरे पदभार ग्रहण

२०८३ जेठ ५, ०८:५४ खबर संवाददाता

काठमाडौँः प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल बाट शपथ लिएलगत्तै उनी सर्वोच्च अदालत पुगेर कार्यभार सम्हालेका हुन्।

उनी बुधबार संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि तत्काल शपथ ग्रहण गराइएको थियो।

यसअघि संवैधानिक परिषद् ले न्याय परिषद्ले पठाएका ६ जना न्यायाधीशमध्ये सर्वोच्च अदालतका चौथो वरीयताका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो।

तर वरिष्ठताको परम्परा मिचिएको भन्दै उक्त निर्णयको विरोध हुँदै आएको छ। न्यायालयको स्वतन्त्रता र स्वच्छतामाथि असर पर्ने भन्दै नेपाल बार एसोसिएसन लगायत कानुन व्यवसायीसँग सम्बन्धित संस्थाहरूले असन्तुष्टि जनाएका छन्।

कमेन्ट लोड गर्नुस