सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका एकसहित २ युवक लागुऔषधसहित पक्राउ

२०८० चैत्र ९, ०८:१० खबर संवाददाता

धनगढीः धनगढीका एकसहित २ युवक लागुऔषधसहित पक्राउ परेका छन्। कञ्चनपुरको बेलौरी नगरपालिका–६ बैशाखाबाट एक दशमलव ६७ ग्राम लागुऔषधसहित उनीहरू पक्राउ परेका हुन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको लालझाडी गाउँपालिका–३ पर्सियाका २१ वर्षीय मनोज राना र धनगढी–७ मनेहराका २७ वर्षीय राम औतार राना बिहिवार पक्राउ परेका हुन्। उनीहरूको साथबाट प्रहरीले से ७ प ६३२८ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ। इलाका प्रहरी कार्यालय, बेलौरीको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

 

कमेन्ट लोड गर्नुस