सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘मनसरा’को ट्रेलर सार्वजनिक

२०८० चैत्र ८, ०५:०८ खबर संवाददाता

काठमाडौंः चलचित्र ‘मनसरा’को टिजर सार्वजनिक भएको छ। यो सोसल–ड्रामा फिल्मको टिजरले कथावस्तुबारे महत्वपूर्ण प्रकाश पार्छ।

अन्तरजातीय सम्बन्धको कथावस्तुमा निर्माण भएको फिल्ममा मिरुना मगर, प्रवीण खतिवडा, दयाहाङ राई र मेनुका प्रधानको अभिनय छ। यो फिल्ममा प्रवीण र मिरुनाको अन्तरजातीय प्रेमलाई दर्शाइएको छ। टिजरमा सस्पेन्सको रुपमा दयाहाङको ‘इन्ट्री’ पनि समावेश छ।

सामाजिक कथावस्तुमा निर्माण भएको यो फिल्मका चरित्रहरु विभिन्त जातीय समुदायसँग सम्बन्धित छन्। निर्देशक सुब्बाले यसअघि मिरुना र दयाहाङलाई लिएर ‘जारी’ निर्देशन गरेका थिए, जुन व्यावसायिक रुपमा ब्लकबस्टर सावित बन्यो। यसपटक पनि उनले जातीय सम्बन्धलाई कथाको मियो बनाएका छन्।

फिल्ममा शान्ति गिरी, हेमन्त बुढाथोकी, विप्लव प्रतीक, नीनाहाङ राई, जीवन बराल, सुवासचन्द्र पोखरेल लगायतको अभिनय छ। यो फिल्म वैशाख २१ गते प्रदर्शनको तयारीमा छ।
 

कमेन्ट लोड गर्नुस