सुदूर नेपाललाई विश्वसँग जोड्दै

मासु किन्न खान र पशुपन्छी काटमार गर्न प्रतिबन्ध, ५० हजार जरिवाना

। फोटो स्रोत ।
२०७६ जेठ ५, ०५:०४ खबर संवाददाता

मासु किने र खाएमा एक वडा कार्यालयले प्रतिबन्ध लगाएको छ। गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ४ ले मासु किन्न, खान र पशुपन्छी काटमार गर्न प्रतिबन्ध लगाइएको वडा अध्यक्ष डुन्डुप लामाले जानकारी दिए। उनका अनुसार  वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ।’

 यदि कोहि कसैले यस्तो गरेको घटनाको जानकारी दिएमा १५ हजार रुपैयाँ पूरुष्कार दिने निर्णय समेत गरेको छ। उक्त नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए। 

साविकको पुरानो गाविस चुमनुब्री १, २, ४, ५, ६ र ७ मा विगतदेखि काटमार निषेधित मानिन्छन्। तर, स्थानीय सरकारले नै प्रतिबन्ध लगाएको भने यो पहिलो वडा हो।

पछिल्लो समय पर्यटकीय क्षेत्र भएकाले होटलमा बाहिरी गाउँका व्यवसायी आएर लुकिछिपी काटमार र मासुको व्यापार, व्यवसाय गर्न थालेपछि नियम बनाउनुपरेको वडा अध्यक्ष लामाले बताए। उनका अनुसार जरिवाना वाफत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिने बताए। सो गाउँमा एकाध इसाईबाहेक सबै बुद्ध धर्मावलम्बीहरुको बसोबास रहेको जनाईएको छ। 
 

कमेन्ट लोड गर्नुस