सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

२०८२ जेठ २३, ११:५०
काठमाडौँः स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ।
बिहीवारको तुलनामा आज चाँदी तोलामा ७५ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार १५० निर्धारण भएको छ।

अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन्।


कमेन्ट लोड गर्नुस