सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको पूर्वीचौकीमा पोषण सामाग्री वितरण

२०८० चैत्र ७, ०९:२५ खबर संवाददाता

डोटी: डोटीको पूर्वीचौकी गाउँपालिकामा १२ महिना सम्मका बालबालिकाहरू तथा आमाहरूलाई पोषण सामाग्री वितरण गरिएको छ। मानवीय सेवामा अनेकौँ प्रयास संस्थाले पुर्विचौकी गाउँपालिकाको वडा नम्बर-५ काडामाण्डौका ८२ जना आमाहरूलाई पोषण सामाग्री वितरण गरेको हो।

कुखुराको अण्डा, आयोडिन नुन, चना, खाने तेल, साबुन लगायतका सामग्री वितरण गरिएको मानवीय सेवामा अनेकौँ प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए। बालबालिका र महिलाहरूको स्वास्थ्यलाई ध्यान दिएर संस्थाले काम गरिरहेको बताउँदै जोशीले बालबालिकाहरूलाई कुपोषण लाग्न नदिन काम गरेको बताए। 

कमेन्ट लोड गर्नुस