सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कञ्चनपुरको कार्यालयमा तालाबन्दी,नेताहरु हारगुहार गर्दै अध्यक्ष भेट्न डडेल्धुरा

२०८० चैत्र ५, १२:०० खबर संवाददाता

कञ्चनपुरः नेकपा एमाले कञ्चनपुर कार्यालयमा तालाबन्दी गरिएको छ।

नवौं जिल्ला अधिवेशनलाई लम्ब्याएर सहमतिको खाका तयार गरेपछि विवाद भएको छ। नेताहरूले पदाधिकारीमा उम्मेदवारी दिएका सबैलाई आइतबार सामूहिक रूपमा उम्मेदवारी फिर्ता गराएका थिए। अध्यक्ष केपी शर्मा ओलीले चैत १ गते अधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका थिए।

सोही निर्देशनअनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष लक्ष्मी बुढा, उपाध्यक्षमा जनक अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिव अध्यक्षका आकांक्षी अशोक चन्द र राजीव खड्कालाई बनाउने सहमति भएको छ। अध्यक्ष मण्डलले सोमबार पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेपछि सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन्।

चन्दले अधिवेशन प्रतिनिधिको भावनाविपरीत सर्वसम्मतिको नाममा विधि, विधान मिचिएकाले तालाबन्दी गरिएको बताए। कार्यालयमा तालाबन्दी भएपछि नेताहरु अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न डडेल्धुरा पुगेको समेत बुझिएको छ।

कमेन्ट लोड गर्नुस