आईसीसीसीको नयाँ शाखा धनगढीमा
धनगढीः इन्टरनेशनल क्यारियर काउन्सिलिङ सेन्टर (आईसीसीसी) ले धनगढीमा नयाँ शाखा सन्चालनमा ल्याएको छ।
काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको आईसीसीसीले ११औं शाखाको रुपमा धनगढीमा नयाँ शाखा खुलेको हो। क्यानडा अध्ययनको सबैभन्दा भरपर्दो शैक्षिक परामर्श केन्द्रको रुपमा स्थापित आईसीसीसीले दुरदराजका विद्यार्थीको विदेश अध्ययनको धोका पुरा गर्नका लागि शाखा विस्तार गरिएको जनाएको छ।
विशेषगरी अध्ययनका लागि क्यानडा जान चाहने धनगढीका विद्यार्थीलाई सजिलो बनाउन शाखा विस्तार गरिएको खड्काले बताए। धनगढी लगायत सुदुरपश्चिम प्रदेशका विद्यार्थीको सुविधालाई मध्यनजर गर्दै शाखा विस्तार गरिएको आईसीसीसीको भनाई छ।
‘सुदुरपश्चिमका विद्यार्थीलाई काठमाडौं आएर क्यानडा अध्ययनका लागि एप्लाई गर्नुपर्ने झण्झट छ। विद्यार्थीले बेहोरेको झण्झटलाई दुर गर्न हामी धनगढीमै आएका छौं।’, उनले भने, ‘अब क्यानडा भिसा एप्लाई गर्न काठमाडौं वा अर्को सहरमा जान पर्दैन। हामी काठमाडौंकै सेवा धनगढीमा दिन्छौं।’ धनगढीको शाखा आईसीसीको ११ औं शाखा हो। आईसीसीमा आईएलटिएसका कक्षाहरु संचालन छन् भने भिसा एप्लाईका लागि डकुमेन्टेशनका कामसमेत हुने गरेको छ।