सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सामाजिक सञ्जालको दुरुपयोगले विकृति बढ्दै’

। फोटो स्रोत ।
२०७६ जेठ ५, ०६:१६ खबर संवाददाता

नेपाल प्रहरीले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा विकृति र आपराधिक क्रियाकलाप बढ्दै गएको बताएको छ। सही रुपमा सामाजिक सञ्जालको प्रयोगले फाइदा पुग्ने भए पनि दुरुपयोगका कारण विभिन्न नकारात्मक घटना निम्तिएको भन्दै प्रहरीले सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ। 

महानगरीय प्रहरी परिसर, काठमाण्डौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले यस्ता विकृति र अपराध रोकथामका लागि नै समुदाय–प्रहरी साझेदारी कार्यक्रम आएको उल्लेख गर्दै अपराधको प्रवृत्ति परिवर्तन भइरहेको जानकारी दिए। 

शनिबार महानगरीय प्रहरी वृत्त कालीमाटी र सामुदायिक प्रहरी सेवा केन्द्र कुलेश्वरको संयुक्त आयोजनामा सुरक्षा सुदृढीकरणसम्बन्धी अन्तरक्रियामा उनले समुदायको सहयोग प्राप्त भएमा यस्ता अपराध नियन्त्रण गर्न सफलता हासिल गर्न सकिने समेत बताए। समाजमा हुने अपराध रोकथाम तथा न्यूनीकरणका लागि समुदाय र प्रहरीबीच सहकार्य गर्ने विषयमा शनिबारै चन्द्रागिरिमासमेत अन्तर्क्िरया कार्यक्रम सम्पन्न भएको छ। रासस
 

कमेन्ट लोड गर्नुस