एमाले अध्यक्ष ओलीले भने एमाले नटेर्नेहरु सिद्धिन्छन
कञ्चनपुरः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नटेर्नेहरू सिद्धिने बताएका छन्।
बिहिवार कञ्चनपुरको दोधारा चाँदनीमा आयोजित कार्यक्रममा उनले कांग्रेसप्रति लक्षित गर्दै एमालेलाई नटेर्ने शक्ति सिद्धिने बताएका हुन्। उनले एमालेलाई हेप्नेहरू धोका खानेसमेत बताए।
उनले कांग्रेसले आफूसँग दुई तिहाई छजस्तो गरेकाले सरकारबाट हट्नु परेको बताए। उनले स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका मामलामा सबै दलहरू एक ठाउँमा उभिनुपर्ने बताए। एमाले कञ्चनपुरको जिल्ला अधिवेशनको उद्घाटनका लागि ओली कञ्चनपुर आएका हुन्।