तीन इन्धनको मुल्य घट्यो

२०७६ जेठ ४, ०२:२३
नेपाल आयल निगमले शुक्रबार राति १२ बजेबाट लागुहुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रति लिटर २ रुपैयाँ, डिजेल र मट्टीतेलमा प्रति लिटर १ रुपैयाँ घटाइएको छ भने, हवाई इन्धन र एलपि ग्याँसको खुद्रा मूल्य यथावत राखिएको नेपाल आयल निगमका निर्देशक एवं प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। मूल्य घटेपछि प्रति लिटर पेट्रोल १०८.५०, डिजेल र मट्टीतेल ९७ कायम रहेको निगमले जनाएको छ।





कमेन्ट लोड गर्नुस