सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट लागूऔषधसहित गोदावरीका ५ जना पक्राउ

२०८० फाल्गुन २८, ०८:१९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित गोदावरीका ५ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेल नजिकबाट १ ग्राम ३२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-२ बस्ने १७ वर्षीय किशोरसहित ३ जनालाई आईतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको जनाएको छ।

यस्तै धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाटै ४० मिलिग्राम (खैरो हेरोईन)सहित गोदावरी नगरपालिका-१ बस्ने २७ वर्षीय उमेश भट्ट र २९ वर्षीय गंगाराम खत्रीलाई पनि आईतवार दिउँसो पक्राउ गरिएको छ।

ईलाका प्रहरी कार्यालय त्रिनगरबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेको हो। यी दुबै जनाले प्रयोग गरेको स्कुटी थान–१ र उक्त पदार्थसहित दुबैलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस