सुदूर नेपाललाई विश्वसँग जोड्दै

मदनभण्डारी र जीवराज आश्रीतको हत्याबारे छानबिन भइरहको छ : गृहमन्त्री थापा

। फोटो स्रोत ।
२०७६ जेठ ३, १२:५७ खबर संवाददाता

गृहमन्त्री रामबहादुर थापाले कम्युनिष्ट नेता मदन भण्डारी र जीवराज आश्रीतको हत्याबारे छानबिन प्रकृया अघि बढाएको बताएका छन। राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनीहरुको हत्यारालाई कानुनीरूपमा थूनामा ल्याउने र अपराधको सजाय दिने प्रकृयालाई वर्तमान सरकारले अगाडि बढाइरहेको बताए।

२५ वर्षअघि चितवनको दासढुंगामा जीप दुर्घटना भएपछी दुवै नेताको मृत्यु भएको थियो। जीप दुर्घटना भएको हो कि उनीहरूको हत्या गरिएको हो भन्नेमा अहिलेसम्म विवाद कायमै रहेकोमा गृहमन्त्री थापाले भने जीप दुर्घटना षड्यन्त्रपूर्वक गराइएको संकेत गरेका छन्।
 

कमेन्ट लोड गर्नुस