सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से परिसूचकमा दोहोरो अङ्कको वृद्धि

२०८० फाल्गुन २४, ०४:३९ खबर संवाददाता

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव ५१ अङ्कले उकालो लागेर दुई हजार ३० दशमलव ५५ मा पुगेको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ९० अङ्कले उकालो लागेर तीन सय ६० दशमलव २७ मा पुगेको छ

कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा १० उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। कूल ८९ लाख २९ हजार एक सय ५२ कित्ता शेयर तीन अर्ब १९ करोड ९२ लाख पाँच हजार आठ सय २० मूल्यमा कारोबार भयो। नेप्सेका अनुसार कारोबारका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ।

सोमवार उच्च अङ्कले वृद्धि भई सकारात्मक सर्किट लागेर बन्द भएको थियो। मङ्गलवार भने बजार पुनः उच्च अङ्कले नै ओरालो लागेको थियो। नयाँ अर्थमन्त्रीलाई स्वागत गर्दै बुधवार पनि बजारले हरियो झण्डा देखाएको थियो। 
 

कमेन्ट लोड गर्नुस